मेलबर्न। अष्ट्रेलियाका युनिभर्सिटीहरुमा आगामी वर्षदेखि फी बढ्ने भएको छ ।

शिक्षा विभागका अनुसार आगामी वर्षको जनवरी महिनादेखि १.८ प्रतिशतले युनिभर्सिटी फी बढ्ने भएको हो । शिक्षा मन्त्रि साइमन ब्रिन्ग्हमले उक्त घोषणा गर्दै सन् २०२१ सम्ममा युनिभर्सिटीको फी ७.५ प्रतिशतले वृद्धि हुने बताएका छन्।

यो वृद्धि अनुसार चार वर्षे कोर्सको लागि हालको भन्दा २,००० देखि ३,६०० डलर बढी  शुल्क रहनेछ । यो भनेको हप्तामा १७ डलर वृद्धि हुनु हो । सबैभन्दा महँगो मानिने छ वर्षे मेडिकल विषयको शुल्क ७५,००० डलर हुने बताईएको छ ।

शुल्क वृद्धि संगै हाइयर एजुकेसन लोन प्रोग्राममा पनि परिवर्तन भएको छ । आउँदो वर्ष देखि यस प्रोग्राम अन्तर्गत पढ्ने विद्यार्थीहरुले आफ्नो वार्षिक आम्दानी ४२,००० डलर पुगेपछि ऋण तिर्न सुरु गर्नु पर्नेछ । रिपेमेन्ट रेट आम्दानी अनुसार १ देखि १० प्रतिशतसम्म हुनेछ । हाल वार्षिक ५५,००० डलर आम्दानी पुगेपछि ऋण फिर्ता गर्न सुरु गर्नुपर्ने नियम छ । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments