नेकपा – माओवादीका अध्यक्ष मोहन वैद्यले नयाँ राष्ट्रिय सहमति गरेर जनताको संविधान बनाउने प्रक्रियाको थालनी गरिनुपर्ने बताउनुभएको छ ।

म्याग्दीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै वैद्यले माओवादीलाई पाखा लगाएर नयाँ संविधान बन्न नसक्ने दावी पनि गर्नु भएको छ । माओवादीको सहमतिविना संविधान बनाए आफूहरुलाई मान्य नहुने भन्नुहुँदै अध्यक्ष वैद्यले आफूहरुका कुराको सुनुवाई नभए आन्दोलन गर्नुको विकल्प नभएको जिकीर गर्नुभयो ।

युद्धबाट स्थापित भएको राजनीतिक शक्तिलाई पाखा लगाएर संबिधान बन्नै नसक्ने उहाँको भनाई छ । अहिलेको संविधानसभाबाट कुनै पनि हातलमा संविधान बन्न नसक्ने ठोकुवा गर्दै त्यसलाई विघटन गर्नुपर्ने वैद्यको तर्क छ ।

Comments