बुटवल । भैरहवा–बुटवल सडकमा १० वटा आधुनिक आकाशे पुल छिट्टै निर्माण हुने भएको छ । पहिलो चरणमा सडक निर्माण पूरा भएका क्षेत्रमा ७ वटा आकाशे पुलको निर्माण कार्य सुरु भईसकेको छ ।

१२ करोड रुपैयाँ लागतमा निर्माण हुने १० वटा आकाशे पुलको निर्माण महादेव खिम्ती एसियाटिक महेश जेभीसँग सम्झौता भएको हो । पुल अपाङ्गमैत्री हुने आयोजनाले जनाएको छ । पुलको दुवै तर्फ सोलार बत्ति जडान हुनेछ भने यात्रुहरुका लागि सन्देशमूलक सुचना प्रवाह गर्न लागि डिस्प्ले बोर्ड समेत लगाइने छ । आकाशे पुलको उचाइ ५ मिटर, लम्बाई साढे २ मिटर र चाैंडाइ ३० मिटरको हुनेछ ।

योगिकुटी, कालिकानगर राजमार्ग चौराहा, मिलनचोक, हस्पिटल लाइन आन्तरिक राजश्व कार्यालय अगाडि, पुष्पलाल पार्क र ट्राफिक चोकमा पुल बन्नेछन । त्यस्तै भैरहवा क्षेत्रको बुद्ध चोक र बर्मेली टोलको बीचमा, देवकोटा चोकमा, आँखा अस्पताल र बसपार्कको बिचमा गरी ३ वटा पुल निर्माण हुनेछ । आयोजनाका अनुसार उपत्यका बाहिर सडक विभागले पहिलो पटक आकाशे पुल निर्माण थालेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments