मेलबर्न । नेपाली चलचित्रका कलाकार दीपक क्षेत्रीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग रकम संकलन भएको छ । सहयोग रकम संकलन अभियानमा जुटेका एमआरआर सदस्य हेमन्त लामिछानेले अष्ट्रेलियावासीबाट १३४१ डलर संकलन भएको बताउनुभएको छ ।

लामिछानेले संकलन भएको उक्त रकम नेपाल स्थित एमआरआरको ” दीपक क्षेत्री बचाऊ अभियान” समूहलाई पठाईसकिएको जानकारी दिनुभयो ।

सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले भन्नुभयो,” फेसबुकमा रहेको एमआरआर ग्रुपले मनोरन्जनात्मक पोस्टहरु मात्र गर्ने नभई सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । यसै अन्तर्गत “दिपक क्षेत्री बचाऊ अभियान” सुरु गरिएको हो र यसको लागि अष्ट्रेलियामा रहेका सदस्यहरुले यहाँ पनि यो अभियान चलाएका हौँ । यो अभियानबाट हालसम्म जम्मा भएको रकम नेपालमा रहेको एमआरआर समूहलाई पठाईसकेका छौं ” ।

त्यस्तै अष्ट्रेलियामा रहेका एमआरआर सदस्य निक सुवेदीले ग्रुपको सहयोगी तथा परोपकारी अभियानले आफूलाई सन्तुष्टी दिएको बताउनुभयो । एमआरआरकै अर्का सदस्य सन्तोष जी.सी ले यो ग्रुप मार्फत परोपकारी कार्यमा संलग्न हुन पाउँदा खुशी लागेको भन्दै ग्रुपले यस्ता कार्यहरुलाई अझ बढाउँदै लैजानुपर्ने र यसमा साथ निभाउनको लागि अष्ट्रेलियामा रहेका युवाहरु सधै तयार रहेको बताउनुभयो।

विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्रमा अभिनय गर्दै आइरहेका कलाकार क्षेत्री यतिखेर चरम आर्थिक संकटमा छन् । लामो समयदेखि अस्वस्थ रहँदै आए पनि दैनिक जीवन चलाउन उनले चलचित्र अभिनय गर्न भने छाडेका छैनन् ।

उनको स्थिति केहि दिन पहिले संचारमाध्यम मार्फत सार्वजनिक भएसंगै विश्वभर रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments