एजेन्सी । इराकको उत्तरपूर्व सिमाना नजिकैको शरणार्थीको अस्थायी शिविरमा इस्लामिक स्टेटका लडाकुले आक्रमणमा ३२ भन्दा बढीको मृत्यु भएको छ । आइएसका लडाकुले हस्साके प्रान्तको शद्दादी नगर नजिकैको राज्म् अल–सलिबिस्थित सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरलाई निशाना बनाएर आत्माघाती आक्रमण गरेका थिए ।

पॉच जनाको संख्यामा आएका आत्मघाती बम आक्रमणकारीले राज्म् अल–सलिबिस्थित उक्त शिविरको भित्र र बाहिर आक्रमण गरेको ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरीले बताएको छ । आक्रमण र त्यसपछिका भिडन्तमा गरेर २१ जना सर्वसाधारण सहित कम्तीमा ३२ जना मारिएको र ३० जना अरु घाइते बताएको सिरियन अब्जर्भेटरीले बताएको छ ।

सिरियाको आधिकारिक समाचार संस्था सनाले भने ३० जना मारिएको र ३४ जना घाइते भएको जनाएको छ, तर आत्मघाती आक्रमणको उल्लेख गरेको छैन । नजिकैको जाँचबुझ चौकीमा रहेका सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का सदस्यहरुसंग पनि लडाकुहरुको भिडन्त भएको थियो । संयुक्त राज्य अमेरिकाले सहयोग गरिरहेको सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले पूर्वी सिरियामा आइएस विरुद्धको लडाईंको नेतृत्व गरिरहेको छ ।

एसडीएफका लडाकुले घाइतेलाई हस्साके शहरस्थित अस्पताल लगेका छन् र कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments