काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि भारत सरकारले आठ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोग उपलब्ध गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको उपस्थितिमा सोमबार निर्वाचन आयोगमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गर्नुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुँदैछ । भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जिप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको छ ।

नेपा–भारतबीच सहयोग आदानप्रदानको एउटा कडीको रुपमा पछिल्लो सहयोग उपलब्ध गराइएको भारतीय राजदूतावासले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा राजदूत पुरीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले गरिरहेको बृहत् तयारीप्रति बधाई दिदैं नेपालको सामाजिक र आर्थिक रुपान्तरण तथा शान्ति र स्थायित्वका लागि भारत सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाल सरकारको आग्रहमा भारतले स्थानीय तह निर्वाचनका लागि सहयोग स्वरुप सवारीसाधन र बन्दोबस्तीका सामग्री उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments