मेलबर्न। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको सदस्यता लिनेको संख्या ८,४४० पुगेको छ । सदस्यता लिने अन्तिम दिनसम्म आईपुग्दा अघिल्लो समयभन्दा करिब ३,००० ले सदस्य संख्या बढेको हो ।

सदस्यता लिनेहरुमा विद्यार्थीको संख्या भने ज्यादै न्यून देखिएको छ । हाल सम्मको सदस्य संख्यामा विद्यार्थीहरु करिब डेढसयको हाराहारीमा मात्र छन् । विद्यार्थी संख्या कम हुनुमा विद्यार्थीहरुको व्यस्त दैनिकी मूख्य कारण हुनसक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियामा विद्यार्थीलाई समेट्नुपर्ने आवाज उठेपछि यस पटक देखि विद्यार्थीहरुको लागि १० डलर शुल्क तिरेर एशोसिएट सदस्यता लिन सकिने प्रावधान ल्याइएको थियो । यो सदस्यता लिएका विद्यार्थीहरुले एनआरएनए निर्वाचनमा मतदान गर्न भने पाउने छैनन्।

एनआरएन अष्ट्रेलियाको सदस्यताको लागि प्रति सदस्य २५ डलर शुल्क तोकिएको थियो । म्याद सकिएपछि सदस्यता लिनेहरुले जुलाई ८ तारिखका लागि तोकिएको एनआरएनए निर्वाचनमा भाग लिन पाउने छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments