एजेन्सी । टर्की सरकारले सैन्य कुको प्रयासमा संलग्न रहेको भन्दै झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ ।

गत वर्षको जुलाईमा भएको असफल सैन्य कुको प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्की सरकारले पक्राउ गरी बर्खास्त गरेको अन्तराष्ट्रि समाचार संस्थाहरुले जनाएको छ ।

बर्खास्तमा पर्नेमा न्याय मन्त्रालय अन्तर्गत कार्यरत एक हजार तथा एक हजार सैनिक अधिकारी रहेका छन् । यस्तै लडाकु विमानका एक सय भन्दा धेरै पाइलट पनि बर्खास्त भएका छन् ।

टर्की सरकारले टिभी डेटिङ शोमाथि पनि प्रतिबन्ध लगाएको छ । यसैगरी अनलाई इनसाइक्लोपेडिया विकिपेडीयामाथि पनि टर्कीमा प्रतिबन्ध लागेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments