काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव पारित गर्न कसरत गर्न निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न लागि पर्ने निर्णय गरेको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टीको हेडक्वार्टर बैठकले प्रस्ताव पारितका लागि आवश्यक मत पु¥याउन अन्य दलसँग छलफल सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकमा केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी हेडक्वार्टरलाई जानकारी नगराइ अकस्मात महाअभियोग आएकोमा आपत्ति जनाउनुभयो । बैठकमा सहभागीले बोल्ने क्रम नसकिएको भन्दै बैठक तीन बजेसम्मलाई स्थगित गरिएको छ । बिहान बसेको बैठकले आगामी बैशाख ३१ गतेको निर्वाचन नसर्ने निश्कर्ष निकाल्दै प्रचारप्रसारका लागि सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments