काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिनुभएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति जनाउँदै पदबाट राजीनामा दिनुभएको हो ।

पार्टी नेतृत्वले आफूसँग छलफल नै नगरि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएप्रति आपत्ति जनाउँदै उहाँले राजीनामा दिनुभएको हो।

आफ्नो राजीनामा पत्रमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले आफू संविधानलाई सर्वस्वीकार्य बनाउँदै हिमाल, पहाड र तराई र मधेसको संविधान बनाउन सधैँ सक्रिय र क्रियाशील रहने उल्लेख गर्नुभएको छ ।

Please follow and like us:

Comments