एजेन्सी । अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्प राष्ट्रपति चयन हुनभएको एक सयदिन बित्नलाग्दा लाखौं सर्वसाधरण बिरोध प्रदर्शनमा उत्रीएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको जयवायु परिवर्तन सम्बन्धी नीतिको विरोधमा ¥यालीसहितको प्रदर्शन गरेका हुन् ।

वासिङटनडीसीमा विरोध कार्यक्रमका सहभागी प्रदर्शनकारीले भनेका छन्, ‘हामी वायु प्रदुर्शनका कुरा गरिरहेका छौं ।  हाम्रा पानी र वायुमण्डलमा आसर्नीक जस्तो घातक तत्वको परिमाण बड्दो छ । त्यस्तो प्रदुर्षीत पानी र हावाबाट हाम्रा बालबालिका पीढित बन्दै छन् ।’

शिकागोको अर्को ¥यालीमा सहभागी प्रदर्शनकारीले गरेको विरोध प्रदर्शनले सम्पूर्ण अमेरिकी जनताको भावनाको प्रतिनिधित्व भएको भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । पछिल्लो महिना राष्ट्रपति ट्रम्पले ओबामा शासनको जलवायु परिवर्तन सम्बन्धी नीति रोक्न कार्यकारी आदेशमा अस्ताक्षर गरेका थिए ।

पर्यावरण सुरक्षा समूह नामक संस्थाले ट्रम्प नीति अमरिकी जनताको स्वास्थ्यको लागि खतरनाक हुने बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments