काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सर उपचारमा दिँदै आएको एक लाख रुपैयाँ बढाएर पाँच लाख बनाउने तयारी भइरहेको बताउँनु भएको छ ।

स्वास्थ्य मन्त्रालयद्धारा आयोजित ‘क्यान्सरको रोग उपचारमा सेवा’ बिषय गोष्ठीमा मन्त्री थापाले उक्त कुरा बताउँनु भएको हो । कार्यक्रममा मन्त्री थापाले ‘स्वास्थ्य उपचारमा नागरिकलाई दिने सेवा बारेमा योजना बन्दै छ, कुनै पनि नागरिक पैसा नभएको कारण उपचारबाट बञ्चित हुन नपारेस सरकार गम्भीर छ’ भन्नु भयो ।

‘विपन्न नागरिकलाई दिने सेवा प्रभावकारी बनाउने बिषयमा योजना बन्दै छ । क्यान्सर गम्भीर रोग हो, त्यसको लागि सरकार गम्भीर गृहकार्यमा जुटेको छ,’ मन्त्री थापाको भनाइ थियो ।

सरकारले दिएको सेवा सुविधा उपभोग गर्न उहाँले अग्रह गर्दै भन्नुभयो, ‘निजी लगानीमा सञ्चालन भएका सबै अस्पताल राम्रोसँग चल्ने सरकारी नचल्ने किन हो ? यसबारेमा बहस गर्नु पर्ने भएको छ,’ मन्त्री थापाले भन्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments