काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबारको गुजरात लायन्स र मुम्बई इन्डियन्स बीचको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

१ सय ५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १ सय ५३ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईका जसप्रित बुमराहले कसिलो बलिङ गर्दै टिमलाई जिताए । सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनायो ।

९ खेलमा ७ खेल जितेका मुम्बई १४ अंकसहित दोस्रो स्थानमा छ । ९ खेलमा तीन खेल मात्रै जितेको गुजरात ६ अंकसहित पाँचौं स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments