मेलबर्न। अष्ट्रेलियामा तीन वटा खुट्टा भएकी बंगलादेशी बालिकाको सफल शल्यक्रिया सम्पन्न भएको छ । एक वर्ष अगाडी एक संस्था मार्फत ल्याइएकी बालिकाको भिक्टोरिया स्थित मोनाश बाल अस्पतालमा शल्यक्रिया गरिएको हो ।

डाक्टरहरुले महिनौं गरेको अध्ययनपछि शल्यक्रिया गर्न सफल भएका हुन्। बंगलादेशको गाउँकी तीन वर्षीय चोइति खातुनको दुई खुट्टाको बिचमा अर्को खुट्टा थियो जसको केही भाग बंगलादेशमा काटिएको थियो। बंगलादेशमा पूर्ण रुपमा उपचार हुन नसकेपछि उनलाई अष्ट्रेलिया ल्याईएको थियो।

दुई वर्ष सम्म चोईति यसरि बाँच्नु अनौठो रहेको डाक्टरहरु बताउँछन् । उनीहरुका अनुसार यस्तो समस्या हुने बच्चा पाठेघरमै वा जन्मने बित्तिकै मर्छन् ।

सफल शल्यक्रियापछि बालिका सजिलो संग हिंडडुल गर्न सक्ने भएकी छिन्। उनकी आमाले छिट्टै घर फर्किएर परिवारसंगै छोरी खेलिरहेको हेर्न चाहन्छिन् ।

डाक्टरहरुले बालिकाको खुट्टासंगै यौनाङ्गमा पनि उक्त समस्या भएकोले किशोरावस्थामा पुगेपछि थप उपचार गर्नुपर्ने हुनसक्ने बताएका छन् ।

स्रोत :एबिसी न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments