काठमाडौं । ‘धर्मा प्रोडक्सन’को ब्यानरमा एसएस राजमौलीले निर्देशन रहेको बहुप्रतिक्षित दक्षिण भारतिय चलचित्र ‘बाहुबली–२’ ले रिलिज भएको पहिलो दिनमै १० रेकर्ड बनाएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार भारतीय फिल्म क्षेत्रमा आजसम्म बनेका फिल्महरुमध्ये ५० मिनेटको सबैभन्दा लामो ‘क्लाइमेक्स’को रेकर्ड बाहुबली–२ ले राखेको छ । चलचित्र विश्लेषकहरुले एउटै ‘क्लाइमेक्स’को लागतलेमात्रै १० भन्दा बढी अरु बलिउड फिल्म निर्माण गर्न सकिने बताएका छन् ।

पहिलो शोमै हलभित्रैबाट दर्शकहरुले ट्वीटर लाइभ अपडेट गरेको फिल्मको रेकर्ड पनि बाहुबलीले राखेको छ । फिल्म रिलिजको पहिलो शो नसकिँदै दर्शकहरुले हलभित्रैबाट ट्वीटरमा फिल्मबारे गरेको टिप्पणीले बाहुबली–२ ‘ट्रेन्डिङ’को पहिलो नम्बरमा आएको छ ।

भारतमा एकैपटक ९ हजार (९५ प्रतिशत) फिल्महलमा रिलिज हुने रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ ।

त्यस्तै दक्षिण भारतको हैदरावादस्थित नेकलेस रोडमा रहेको ‘आइम्याक्स थिएटर’अगाडि टिकटका लागि तीन किलोमिटरसम्म लाइनमा बसेको भिडियोलेसमेत अहिले चर्चा कमाइरहेको छ । अहिलेसम्म सबैभन्दा महँगो चार हजार भारुसम्म ‘ब्ल्याक’मा टिकट बिक्री भएको फिल्मको रेर्कडसमेत बाहुबलीले नै राखेको छ ।भारतमा अनलाइनमार्फत् आजसम्म सबैभन्दा बढी बुकिङ हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ ।

भारतीय फिल्म ‘बुक’ गर्ने अनलाइन एजेन्सी ‘बुकमाइशो’ले मा २४ घन्टाभित्र १० लाख दर्शकले टिकट बुक गरेको उल्लेख गरेको छ । भारतमा सबै फिल्महल पहिलो शोमै हाउसफुल हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ ।

भारतमा शुक्रबार सरकारी बिदा नभएपनि कतिपय निजी तथा सरकारी कार्यालयमा बिदाको निवेदन आएपछि सबैलाई बिदा दिइएको जनाइएको छ ।

चलचित्रमा ‘अमरेन्द्ररमहेन्द्र बाहुबली (प्रभाष), भल्लाल देव (राणा दग्गुबाती), शिवगाामी देवी (रमैया कृष्णन), कटप्पा (सत्यराज) र राजकुमारी देवसेना (अनुष्का शेट्टी) आदि मुख्य कलाकारकोरुपमा देखापरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments