गोरखा । दरौंदी नदीमा अवैध रुपमा बम पड्काएर, करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन ।

स्थानीय तहको निर्वाचनमा ध्यानमा राखी प्रशासनले हतियार बुझाउन भनेपनि नदीमा बम पड्काउन नरोकिँदा प्रहरीकै मिलेमतोमा हुन सक्ने भन्दै स्थानीयले आरोप लगाएका छन् ।

गोरखा १३ आसपास नदी क्षेत्रमा युवाले दिनहुँ बम पड्काउने गरेको स्थानीयले बताएका छन् । प्रहरीकै संरक्षणमा खोलामा बम र करेन्ट लगाएर मारिएको माछा स्थानीय प्रहरी चौकी हुँदै प्रहरी प्रमुख एसपी जनकराज पाण्डेय र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको भान्सामा समेत पुग्ने गरेको स्रोतको दाबी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments