मेलबर्न । ९२ प्रतिशत अष्ट्रेलियावासीहरुले घरेलु हिंसा मादक पदार्थ सेवनसँग जोडिएको बताएका छन् ।

फाउन्डेसन फर अल्कोहल रिसर्च एण्ड एजुकेसनले अष्ट्रेलियामा गरेको अनलाईन सर्वेक्षणबाट यस्तो तथ्यांक सावजनिक भएको हो । सर्वेक्षणमा अष्ट्रेलियाका १ हजार ८ सय २० जना सहभागी भएका थिए ।

फाउन्डेसनका अनुसार सर्वेक्षणले निम्न तथ्याङ्क फेला परेका छन् :

१. ७८ दशमलव ५ प्रतिशत अष्ट्रेलियावासीहरु विश्वास गर्छन् कि, अष्ट्रेलियामा अधिकतम समस्याहरु मादक पदार्थको अत्यधिक सेवनले उब्जिएका हुन् ।

२. ४४ दशमलव ५ प्रतिशत अष्ट्रेलियावासी नशाले मात्तिनकै लागि मादक पदार्थ सेवन गर्छन् । अघिल्लो वर्षको तथ्यांकमा यो प्रतिशत ३७ दशमलव ५ रहेको थियो ।

३. २९ दशमलव ५ प्रतिशत अष्ट्रेलियावासीले वाइन पिउन मन पराउँछन् भने २१ दशमलव ५ प्रतिशतले नियमित बियर पिउन मन पराउँछन् ।

४. ९२ दशमलव ५ प्रतिशत अष्ट्रेलियावासीहरुले घरेलु हिंसा मादक पदार्थ सेवनसँग जोडिएको मान्छन् ।

५ ३५ दशमलव ५ अष्ट्रेलियावासी मादक पदार्थसँग सम्बन्धित हिंसामा परेका छन् । यो अघिल्लो वर्ष २९ दशमलव ५ प्रतिशत थियो ।

Comments