मेलबर्न । अष्ट्रेलियामा मास्टर्स डिग्री र पीएचडी गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउने भएका छन् ।अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि एएसआई कार्यक्रमले पूर्ण छात्रवृत्ति योजना ल्याएको हो ।

उक्त छात्रवृत्ति दक्षिण अष्ट्रेलियाको युनिभर्सिटी अफ एडेलेडमा पढ्ने विद्यार्थीहरुले प्राप्त गर्ने छन् । मास्टर्स डिग्री २ वर्ष अवधिको हुनेछ भने पिएचडी तीन वर्ष अवधिको हुनेछ ।

यस छात्रवृत्तिको लागि आवश्यक योग्यता : 

–विद्यार्थीले राम्रो अंक ल्याई स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

–छात्रवृति पढाई र पढाइसँग सम्बन्धित अनुसन्धानको लागि हुनेछ ।

–विद्यार्थी अष्ट्रेलिया वा न्यूजिल्याण्डको पिआर प्राप्त नगरेको हुनुपर्नेछ ।

–युनिभर्सिटीमा पढ़ईको लागि पूर्ण समय दिनुपर्नेछ ।

Please follow and like us:

Comments