मेलबर्न । नेपाली चलचित्रका कलाकार दीपक क्षेत्रीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग रकम संकलन भएको छ । सहयोग रकम संकलन अभियानमा जुटेका सागर लामिछानेले अष्ट्रेलियावासीबाट १३४१ डलर संकलन भएको बताउनुभएको छ ।
लामिछानेका अनुसार संकलन भएको रकम नेपाल स्थित एमआरआरको ” दीपक क्षेत्री बचाऊ अभियान” समूहलाई पठाईसकिएको छ ।
विगत तीन दशकदेखि निरन्तर नेपाली चलचित्रमा अभिनय गर्दै आइरहेका कलाकार क्षेत्री यतिखेर चरम आर्थिक संकटमा छन् । लामो समयदेखि अस्वस्थ रहँदै आए पनि दैनिक जीवन चलाउन उनले चलचित्र अभिनय गर्न भने छाडेका छैनन् ।
उनको स्थिति केहि दिन पहिले संचारमाध्यम मार्फत सार्वजनिक भएसंगै विश्वभर रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन् ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments