मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्ष पदको लागि टोनु घोथानेले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । बिहीबार साँझ मेलबर्नको कोबर्गस्थित बिगबेली एशियन क्याफेमा पत्रकार सम्मेलन गरि उहाँले सो घोषणा गर्नुभएको हो ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई सहयोगको लागि अनुरोध गर्दै उहाँले भन्नुभयो,“म आईसीसी एप्रोचमा काम गर्नेछु । आईसीसी एप्रोच भनेको ईन्कुसिभनेस, कोलावरेटिभ र कन्सल्टेटिभ अर्थात् पहिलो अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका अन्य नेपाली सामूदायिक संघसंस्थाहरुसँग सहकार्यलाई अझ घनीभूत बनाउनेछु । दोश्रो, नेपाली समूदायको समस्या र उनीहरुको आवाजलाई अष्ट्रेलियाको स्थानीय र संघीय सरकारको तहसम्म लैजाने भरपर्दो व्यवस्था गर्नेछु । तेश्रोमा एनआरएन अष्ट्रेलियाको आर्थिक गतिविधिहरुलाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउनेछु । यसका साथै विद्यार्थीहरुको हितमा रहेका अहिलेका कार्यक्रमलाई निरन्तरता दिनेछु” । उहाँले आफ्ना एजेन्डाहरु अझ विस्तृत रुपमा केही दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिनुभयो।

अष्ट्रेलियावासी नेपालीहरुले टोनु घोथानेले गर्नुभएको यो घोषणाको उत्साहका साथ स्वागत गरेका छन् । एनआरएन अष्ट्रेलियाको नेतृत्वमा टोनु घोथाने जस्तो प्रभावशाली र ईमान्दार व्यक्तित्वको आवश्यकता रहेको भन्दै नेपाली समूदायका अगुवाहरु उहाँको समर्थनमा उभिएका हुन्। त्यस्तै अष्ट्रेलियामा समस्यामा परेका जो कोही नेपालीलाई सहयोग गर्ने तथा कम बोल्ने तर काम धेरै गर्ने घोथानेको बानीको प्रशंसा गर्दै नेपालीहरुले उहाँलाई जिताउन सामाजिक संजालमा अभियान समेत सुरु गरिसकेका छन् ।

एनआरएन अष्ट्रेलियाको पूरानो कार्यसमितिमा टोनु घोथानेले सचिव पदमा रही प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्दै आउनुभएका गोथाने टिडब्लुजीजीका प्रिन्सिपल तथा कानूनविदको रुपमा कार्यरत हुनुहुन्छ।

एनआरएन अष्ट्रेलियाको नयाँ कार्यसमिति चयनको निर्वाचन जुलाई ८ तारिखका लागि तोकिएको छ । सो निर्वाचनको लागि निर्वाचन अधिकृतको रुपमा कृष्ण हमाल चयन भईसक्नुभएको छ भने सबै राज्यहरुमा निर्वाचन समिति गठन गरिसकिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments