मेलबर्न । फाउन्डेसन फर अल्कोहल रिसर्च एण्ड एजुकेसनले अष्ट्रेलियामा गरेको अन्लाईन सर्वेक्षणमा ९२ प्रतिशत अष्ट्रेलियावासीहरुले घरेलु हिंसा मादक पदार्थ सेवन संग जोडिएको बताएका छन् । अष्ट्रेलियाका १,८२० जनामा मादक पदार्थ सेवन सम्बन्धि सर्वेक्षण गरिएको हो।

फाउन्डेसनका अनुसार उक्त सर्वेक्षणबाट निम्न तथ्याङ्क फेला परेका छन् :

७८ % अष्ट्रेलियावासीहरु विश्वास गर्छन् कि, अष्ट्रेलियामा अधिकतम समस्याहरु मादक पदार्थको अत्यधिक सेवनले उब्जिएका हुन् ।

४४ % अष्ट्रेलियावासी नशाले मात्तिनकै लागि मादक पदार्थ सेवन गर्छन् । यो अघिल्लो वर्षको तथ्यांकमा ३७ % रहेको थियो ।

२९ % अष्ट्रेलियावासीले वाइन पिउन मन पराउँछन् भने २१ % ले नियमित बियर पिउन मन पराउँछन् ।

९२ % अष्ट्रेलियावासीहरुले घरेलु हिंसा मादक पदार्थ सेवन संग जोडिएको मान्छन् ।

३५ % अष्ट्रेलियावासी मादक पदार्थ संग सम्बन्धित हिंसामा परेका छन् । यो अघिल्लो वर्ष २९% थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments