मेलबर्न । अष्ट्रेलियाले दिने कामदार भिसा ४५७ छोटो अवधिको अस्थायी भिसाले प्रतिस्थापन गरिएको छ । जसलाई टेम्पोररी स्किल सर्टेज ( टिएसएस) भिसा नाम दिईएको छ ।

यस भिसा अन्तर्गत छोटो अवधिको २ वर्षे र मध्यम अवधिको ४ वर्षे भिसा लागू हुने भएको छ । यसै कारणले इमिग्रेसन डिपार्टमेन्टले जेनेरल स्किल्ड माईग्रेसनको लागि योग्य पेशाहरुको सूची फेरबदल गरेको छ । स्किल्ड इनडिपेनडेन्ट भिसा (सब क्लास १८९ ) अष्ट्रेलियामा बस्न चाहने पोइन्ट्स टेस्टेड स्किल्ड कामदारहरुको लागि पीआर भिसा हो ।

पुरानो नियम अनुसार, स्किल्ड अकुपेसन लिस्ट (एसओएल ) मा भएका पेशा अनुसार पीआरको लागि आवेदन दिन सकिन्थ्यो भने अहिले त्यही ठाउँमा ’मिडियम एण्ड लङ टर्म स्ट्राटेजिक स्किल लिस्ट (एमएलटिएसएसएल )’ ले एसओएल राखिएको छ । पीआर लिन चाहनेहरुले १८९ सबक्लास भिसाको लागि यो नयाँ सूची अनुसार आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् पेशागत यो सूची :

Comments