झापा । स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएपछी झापाका निर्वाचन अधिकृत फिर्ता भएका छन् । निर्वाचन तालिका अनुसार झापा दोस्रो चरणमा पर्ने भएपछि उनीहरु फिर्ता भएका हुन् ।

प्रदेश नम्बर १, २, ४ र ७ लाई दोस्रो चरणमा गर्ने गरी जेष्ठ ३१ गते मिति निर्धारण भएपछि अधिकृतहरु फर्किएको निर्वाचन कार्यालय झापाले जनाएको छ । झापाका सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा पुगेका थिए । प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।
निर्वाचन तालिका फेरबदल नभएको भए मंगलबारै सबै निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आउने कार्यक्रम रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments