काठमाडौं । तुइन चुँडिएर बाँच्न सफल युवाको कथावस्तुमा आधारित चलचित्र “तूइन” को ट्रेलर सार्वजनिक भएको छ। गोर्खा घ्याल्चोकका ती युवा, सुरेश थापालाई नै प्रमुख पात्र बनाएर चलचित्र बनाइएको हो । तेह्र वर्षको उमेरमा बर्षातको समयमा तरकारी बेच्न जाँदा तूइन चुँडिएर सुरेश त्रिशुली नदीमा खसेका थिए।

चलचित्र “तूइन” मा त्रिशुली नदि आसपास बसोबास गर्ने गोरखा र धादिङका वासिन्दाहरुले नदी तर्नका लागि प्रयोग गर्न एक मात्र माध्यम ‘तूइन’ र उनीहरुको समस्यालाई उठाईएको छ । अमेरिकामा बस्दै आएकी सिर्जना उप्रेतीले निर्माण गरेको चलचित्रमा अञ्जना बस्नेतको परिकल्पना, मोहन गेलालको लेखन तथा उत्सव थपलियाको निर्देशन रहेको छ ।

यस चलचित्रमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलियाले मुख्य भूमिका निर्वाह गरेका छन् । आङछेन लामाले खिचेको चलचित्रमा सुरेश अधिकारीले संगीत दिएका छन् । चलचित्र आगामी जेठ अन्तिम साता प्रदर्शनमा आउने बताईएको छ ।

Comments

comments