लमजुङ । बेंसीसहरको सहजी नजिकै ३ स्कुले विद्यार्थी एक महिनाअघि लागूपदार्थ प्रयोग गरिरहेको अवस्थामा स्थनीय सुमित्रा भण्डारीले देखिन् । उनीहरुले संवेदनशील अंगमा सिरिन्ज प्रयोग गरेका थिए ।

यसअघि पनि उनले पटक पटक स्कुल पोसाकै युवायुवती गाँजा खाइरहेको, सुई हानिरहेको भेटिएको बताइन् । बेंसीसहरकी बुना रिमालका अनुसार स्कुले किशोर किशोरीले गाँजा खाने गरेको अवस्थामा धेरै पटक  भेटिएको बताईन् ।

स्थानीयका अनुसार स्कुल वा क्याम्पस जान्छु भनेर जाने तर स्कुल, क्याम्स नगई लागूपदार्थ दुव्र्यसनमा फस्ने गरेका धेरै उदाहरण छन् ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक गौरव महतका अनुसार चालु आर्थिक वर्षमा १० जनालाई लागूऔषधसहित पक्राउ गरी मुद्दा चलाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments