न्यूयोर्क । अमेरिकाको मिनिसोटा राज्यमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा अर्बिन थापाको डुबेर मृत्यु भएको हो ।

साउथवेस्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । आइतबार मात्र उनको शव फेला परेको थियो ।

लमजुङको सुन्दरबजार ३ भोटेओडार स्थायी घर भएका १९ वर्षीय थापा दुई बर्षअघि स्टुडेन्ट भिसामा अमेरिका आएको द वासिङ्टान पोष्टले जनाएको छ ।

Comments

comments