काठमाडाै‌ । नेकपा एमालेको स्थायी समिति बैठकले दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने सरकारी घाेषणालाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि आफ्नो धारणा तय गर्न बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । जेठ १५ गते नै वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै स्थानीय निर्वाचन दुई चरणमा गर्ने वा बजेट सार्ने विषय आफूहरुलाई मान्य नहुने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने भनेपनि त्यसको स्पष्ट आधार नभएको एमालेको ठहर छ ।

यसअघि, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटघाटमा मोर्चासँग भएको सहमतिको लिखित प्रमाण ल्याउन ओलीले दाहाललाई आग्रह गरेका थिए । ‘दुई चरणमा निर्वाचन गर्दा पनि मोर्चा निर्वाचनमा सहभागी हुन्छ भन्ने कुनै ग्यारेण्टी छैन । त्यसकारण हामी दुई चरणको निर्वाचन स्वीकार गर्ने पक्षमा छैनौ’, सचिव भट्टराईले भने ।

यदि सरकारले आफ्नो निर्णय जबरजस्ती लाद्न खाजे संसदीय मान्यताअनुरुप आफूहरु अगाडि बढ्ने सचिव भट्टराईले चेतावानी दिए । तर ‘संसदीय मान्यताअनुसार अगाडि बढ्ने भनेको के हो’ भन्ने पत्रकारहरुको जवाफमा भने सचिव भट्टराई स्पष्ट पार्न सकेनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments