काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको इतिहासमै रोयल च्यालेन्जर्स बैंग्लोरले सबैभन्दा कम रन बनाएको छ ।

आइतबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो । १ सय ३२ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले मात्र ९ ओभर ४ बलमा ४९ रनमा अलआउट भयो ।

बैंग्लोरका कुनैपनि ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान विराट कोहलीले रनको खाता नै खोल्न सकेनन् ।

पहिले ब्याटिङ गरेको कोलकाताले सुनिल नाराइनको ३४ रनको मद्दतमा १ सय ३१ रन बनाएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments