काठमाडौं । वैदेसिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ ।

युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या भएको हो ।

कामदारको आक्रमणबाट पोष्टबहादुरको हत्या भएको गैरआवसीय संघ युगान्डाका अध्यक्ष रमेश कडेले बताए ।

चोरी आरोपमा पक्राउ एक कामदारले बुढथोकीमाथि सांघातिक आक्रमण गरेका थिए ।

बुढाथोकीको शव नेपाल पठाउने आवश्यक व्यवस्थाका लागि इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको कडेलले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments