जुवा । हैजाका कारण दक्षिणी सुडानका १४ वटा प्रदेशमा एक सय ७२ को मृत्यु भएको छ । राष्ट्रसङ्घको मानवीय सहायता सम्बन्धी कार्यालयकाअनुसार सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा छ हजार दुई सय २२ हैजाका विरामी भेटिएका छन् ।

सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ बिरामीहरु पनि थप देखिँदै गएको राष्ट्रसंङ्घले बताएको छ ।

लगातारको द्वन्द्वका कारण विस्तापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी, सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

यसैबीच, श्रीङ्खलाबद्ध सशस्त्र आक्रमणमा परी दक्षिणी सुडानमा पूर्वी प्रदेश बोमामा अघिल्लो हप्ता मात्रै कम्तीमा ५५ नागरिकको मृत्यु भएको छ ।

त्यस अवधिमा अरु २० जना घाइते भएको र आठ हजारभन्दा बढी विस्थापित भएको समाचार एजेन्सीले जनाएका छन् । दक्षिणी सुडानका नानाम, कोङगोर र लुकोङगोलमा बिहीबारसम्म छापा मारिएको बोमा प्रदेशका सूचना मन्त्री जोहन अचोनले जानकारी दिए ।

दक्षिणी सुडानका लागि राष्ट्रसङ्घीय मिसन अनमिसले सुडानमा सरकारी पक्ष र विपक्षीबीच लडाइहरु भइरहेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments