मेलबर्न । अष्ट्रेलियामा नागरिकता सम्बन्धि नीति परिवर्तन भएको छ । अष्ट्रेलियाली सरकारले कामदार भिषा परिवर्तन गरे लगत्तै नागरिकता सम्बन्धि नीति पनि परिवर्तन गरेको हो ।

सामाजिक एकता र सुरक्षालाई थप बलियो बनाउने उद्देश्यले नागरिकता सम्बन्धि नीति हेरफेर गरेको प्रधानमन्त्री मार्कल टर्नबुलले बताएका छन् ।

नागरिकता सम्बन्धि नयाँ नीति अनुसार, आवेदन दिने व्यक्तिले पीआर प्राप्त गरेको चार वर्ष अवधि नाघेको हुनुपर्छ ।

अंग्रेजीमा सरकारले तोकेबमोजिम दक्ष हुनुपर्छ । अपराधिक पृष्ठभूमि छानबिन गर्दा घरेलु हिँसा लगायात कुनै पनि अपराधिक क्रियाकलापमा सहभागी नभएको हुनुपर्छ । सरकारले लिने परीक्षामा व्यक्तिगत र पारिवारिक स्थिति तथा जीवनशैलीका प्रश्नहरु जोडिनेछन् ।

नागरिकताको लागि पहिलो पटकमा सफल नहुनेहरुले तीन पटकसम्म यो परीक्षा दिन पाउनेछन् ।

Comments

comments