सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका छन् । चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् । 

संसद्मा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिह्न पाएका हुन् । संसदमा प्रतिनिधित्व नगरेका बाँकी नौ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिह्न दिएको छ । जिल्लाका प्रमुख पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, र राप्रपाले दलीय चुनाव चिह्न पाएका छन् । त्यस्तै जिल्लामा दर्ता भएका तराईमधेश केन्द्रित पार्टी संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरमले पनि दलीय चिह्न पाएका छन् ।

नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, अखण्ड नेपाल पार्टीले पनि दलीय चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

आयोगले सिन्धुपाल्चोकका लागि क्रम संख्या ३६ लहर भएको चिह्नसहितको मतपत्र छापेको छ ।

स्वतन्त्र उम्मेदवारको आँकलन गरी आयोगले जिल्लका लागि मतपत्रको क्रमसंख्या २१ देखि ३६ सम्मको लहरमा चुनाव चिह्नको व्यवस्था गरेको छ । आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिह्न निकै रोचक छन् । पानको पात, सियोधागो, हुप, सुई, बाँदर, काग, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, फर्सी, बिराले, छुरा, दाह्री काट्ने मेसिनलगायत धेरै चिह्न मतदातालाई हँसाउने खालका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments