एजेन्सी । अहिले तेश्रो विश्वयुद्धको छिट्टै हुने भविष्यवाणीले सबैको ध्यानाकर्षण भएको छ ।

आफूले आफैंलाई भगवान्को दूत बताउने होरासिओ भिलेगासले छिट्टै डरलाग्दो विश्व युद्ध हुने भविष्यवाणी गरेका छन् । उनले तेश्रो विश्वयुद्धको मिति नै तोकिदिएका छन् । हिरासिओका अनुसार तेश्रो विश्वयुद्ध १३ अप्रिलबाट १३ मे बीच कुनै पनि बेला सुरु हुनेछ । जिसस क्राइष्टकी आमा भर्जिन मेरीको सयौं वार्षिकोत्सव मे १३ मा तेश्रो विश्वयुद्ध हुनसक्ने उनले बताएका छन् । उनले तेश्रो विश्वयुद्धको कारण अमेरिका, रुस, उत्तर कोरिया र चीनको बीचमा बढ्दो तनाव हुने बताएका छन् । उनका अनुसार यो पटक तेश्रो विश्व युद्ध सम्पूर्ण रुपमा परमाणु युद्ध हुनेछ । यस युद्धमा संसारको ठूलो हिस्सा समाप्त हुनेछ ।

सन् २०१५ मा नै डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने भविष्यवाणी गरेर चर्चा कमाएका भिलेगासको अहिले अर्को भविष्यवाणी आएको हो । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामाथि आक्रमण गर्ने भविष्यवाणी पहिल्यै गरेका थिए । नभन्दै सिरियामा रासायनिक हमला पछि अमेरिकाको सिरियामा आक्रमण भयो र यही घटनाबारेको विविध धारणा राख्दा रुस, चीन र उत्तर कोरियावीच शीतयुद्ध जन्मायो ।

बहुचर्चित डेलि स्टार अनलाइनलाई दिएको अन्तर्वार्तामा भिलेगासले केही दिन अघि मात्रै आफूले एक सपना देखेको र सपनामा आकाशबाट आगोका डल्लाहरु पृथ्वीमा खसेको देखेको बताएका छन् ।

उनले बताए, ‘सपनामा मैले सबै मान्छेहरु आगोका डल्लाहरुबाट बच्न भागमभाग गरिरहेको देखें । मलाई विश्वास छ, मैले देखेको सपना संसारभरी खस्ने आणविक मिसाइलको सांकेतिक रुप हो ।’ उनी थप्छन्, ‘ म सिंगल छु र मेरा बच्चा छैनन् । भगवानले मलाई एक्लो यसकारण राख्नुभयो सायद यसकारण कि मैले भगवान्को सन्देश सबैसामू पु¥याउन मात्र केन्द्रित रहन सकूँ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments