मेलबर्न । अष्ट्रेलियाको मेलबर्नवासीहरुले बलिवुड सुपरस्टार सलमान खानलाई प्रत्यक्ष भेट्ने अवसर पाउने भएका छन् ।

अष्ट्रेलियामा सलमान खान, सोनाक्षी सिंह लगायतका बलिवुड स्टारहरुको “ दबंग, द टुर “ हुन लागेको हो । लाइभ मेलबर्न कार्यक्रम २३ अप्रिल आइतबार मेलबर्नस्थित रोड लेभर एरिनामा हुँदैछ । लाइभ मेलबर्न साँझ ७ बजेदेखि शुरु हुने तय भएको छ ।

सिजलीङ प्रोडक्सन र आरके डेभ्लोपरले आयोजना गरेको कार्यक्रममा सोलंगचरले सहकार्य गरेको छ ।

बलिउडका हस्तीहरुको लाइभ कार्यक्रममा दबंग जोडी सलमान र सोनाक्षीको साथमा प्रभु देवा,अभिनेत्री विपाशा वासु,डेइजी शाह र गायक बादशाह पनि रहनेछन् । कार्यक्रमको सञ्चालन मनिष पालले गर्नेछन् ।

लक्की ड्र मार्फत कार्यक्रममा सहभागी बनि सुपरस्टार सलमान खानलाई भेट्न सकिने आयोजक मध्येको असिज ग्रुपले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments