अन्ततः सर्वोच्च अदालतले घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई पक्राउ गर्न आदेश दिएको छ ।  सर्वोच्चको संयुक्त इजलासले  जिल्ला अदालत र पुनरावेदन को समेत फैसला उल्टाउँदै  बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको हो | सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पुर्पक्षका लागि  बस्नेतलाई थुनामा राख्न आदेश दिएको हो ।

ओरियन्टल सहकारीका तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको उजुरी परेको छ । यस अघि सर्वसाधारण को रकम  लिएर फिर्ता नगरेको अभियोगमा पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छाडेको थियो भने पुनरावेदनले फैसला सदर गरेको थियो । बस्नेत बिरुद्ध  ७ हजार भन्दा बढी उपभोक्ताको उजुरी छ |

Comments

comments