मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली संगीतप्रेमीहरुले प्रत्यक्ष समुधुर संगीतको मज्जा लिन पाउने भएका छन् ।

आगामी अप्रिल २८ तारिख, शुक्रबारका दिन मेलबर्नमा सत्य–स्वरुप साँझ हुन लागेको हो । यस सांगीतिक प्रस्तुतिमा  Rad’s studio को समेत साथ रहनेछ । कार्यक्रम साँझ ७ बजे देखि सुरु हुने बताईएको छ ।

कार्यक्रममा नेपाली सुगम संगीत क्षेत्रमा सुमुधुर स्वरका धनीका रुपमा परिचित सत्यराज आचार्य र स्वरूपराज आचार्यको प्रस्तुति रहनेछ । आचार्य दाजुभाइ नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायक हुन् । विशेष गरि आधुनिक शैलीका गीत गाउने सत्य–स्वरुप नेपाली संगीतका भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्र हुन् ।

सेभेन इपिक इन्टरटेनमेन्ट र कँडेल कन्सल्टेन्सीको सहकार्यमा मेलबर्नमा सत्य स्वरुप साँझ हुन लागेको हो । सेभेन इपिक इन्टरटेनमेन्टले गत वर्ष अर्का चर्चित गायक कर्णदासको एकल साँझ कार्यक्रमको सफल आयोजना गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments