मेलबर्न । अष्ट्रेलियामा ४५७ भिसा खारेज भएको छ । यसको ठाउँमा छोटो अवधिको भिसा ( सर्ट टर्म भिसा) र मध्यम अवधिको भिसा ( मिडियाम टम भिसा) ल्याईएको छ ।

छोटो अवधिको भिसा २ वर्षको र मध्यम अवधिको भिसा चार वर्षको रहेको छ । स्रोतका अनुसार छोटो अवधिको भिसाको १,१५० डलर र मध्यम अवधिको लागि २,४०० डलर मूल्य तोकिएको छ । यो मूल्य ४५७ भिसाको मूल्य भन्दा बढी हो । ४५७ भिसाको मूल्य १,०६० डलर रहेको थियो ।

फेरिएको भिसामा कामको अनुभव र अंग्रेजी दक्षता र अपराधिक जांचमा कडाई हुने बताईएको छ । साथै ४५७ भिसामा भएका काम र पदलाई पनि यी भिसामा छोट्याईएको छ । दुई वर्षे भिसाको लागि २६८ र चार वर्षे भिसाको लागि १६७ वटा जागिर क्षेत्र मात्र मान्य हुनेछन् । यसबाट सुचना प्रविधि,व्यवसायिक सेवा, वैज्ञानिक क्षेत्र, प्राविधिक सेवा, खाना र आवास सम्बन्धि क्षेत्र मूख्य रुपमा प्रभावित हुनेछन् ।

त्यस्तै अबको कामको सूचीबाट बायोकेमिस्ट, कला निर्देशक, लेखक, चित्रकार, गायक, डिजाईनर, फायर फाइटर, जासूस, माईग्रेसन् एजेन्ट, पाईलट आदि हटाईने छन् । वेब डेभलपर, अकाउनटेन्ट,सेफ आदि पदमा अष्ट्रेलिया आउन चाहनेहरु अबको नियमबाट प्रभावित हुनेछन् । नयाँ नीति अनुसार उच्च दक्ष पदहरुलाई दक्ष पदहरुले प्रतिस्थापन गरिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments