काठमाडौं । गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो ।

घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् ।

यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ दिसापिसाब व्यवस्थापन ।

भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि माझीगाउँले खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । धेरैपछि माझीगाउँले खुला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । धेरैपछि गैरसरकारी संस्थाको सहयोगमा गाउँमा एउटा सार्वजनिक शौचालय बनेको स्थानीय कमल माझीले बताए ।
‘५५ घरका लागि एउटा शौचालय छ, पालो कुरेर साध्यै छैन,’ उनले भने । दिशापिसाब गर्न धेरैजसो नजिकैको इन्द्रावती खोलाको बगर र झाडीतिर जाने गरेको माझीले सुनाए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments