एजेन्सी । भारतमा एउटा रसबरीका कारण विवाह टुटेको छ ।

भारतमा दाइजोका कारण अथवा अन्य कुनै कारणले विवाह तोडिनु सामान्य कुरा हो तर कानपुरमा रसबरीका कारण विवाह तोडिएको खबरले सबैलाई अचम्मित तुल्याएको छ ।

भारतको कानपुरमा बेहुली लिन जन्ती पुगेपछि सबै कार्यक्रम खुशीयालीपूर्वक चलिरहेको थियो । तर कुरा त्यतिबेला बिग्रियो कि खाना खाने बेलामा दुलहाको सानीआमाको छोराले प्लेटमा दुइवटा रसबरी लिन खोज्दा केटी पक्षका कुनै व्यक्तिले एउटा मात्र रसबरी लिन आग्रह गरे । यही कुरामा विवाद हुँदा हात हालाहाल भयो । यो खबर सुनेपछि बेहुलीले विवाह गर्न मानिनन् र विवाह तोडियो ।

१४ अप्रिलका दिन साँझ २५ वर्षीय शिवकुमार बेहुली लिएर घर लैजाने सपना बोकी जन्तीसहित आएका थिए तर एउटा रसबरीका कारण उनी बेहुली नलिई घर फर्किए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments