राजधानी काठमाडौँको  टुँडिखेलमा चन्द्र सुर्य अङ्कित नेपाली झन्डाले विश्व रेकर्ड तोड्दै छ  । टुडिखेलमा सबेरै देखि  हजारौंको उपस्थिति छ | झन्डै ३६  हजार नेपालीले एकै साथ  सहभागी गराएर नेपाली झण्डाको आकार प्रदर्शन गर्दैछन | ‘नेपाली जो जहाँ जसरी भए पनि चन्द्र सूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ’ भन्ने भावनालाई स्थापित गराउन ३६  हजार नेपालीलाई सहभागी गराएर नेपाली झण्डा बनाई विश्व रेकर्ड कायम तयारी भएको हो । ‘ह्युमन भ्यालुज फर पिस एन्ड प्रोस्पेरिटी’ ले ३५ हजार ९०७ मानिस उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाउन लागिएको जनाएको छ ।

  नेपालको झण्डा जस्तो र जुन जुन रङ्गको छ त्यही रङ्गमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गर्ने छन् । झण्डा निर्माणका लागि प्रत्येक सहभागीले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको कागज बोक्ने छन् । प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौँ इन्जिनियरिङ क्याम्पसका विद्यार्थी गरेका  छन् ।

यो आश्चर्यजनक प्रस्तुती   विश्व रेकर्डका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ । करिब ३ घण्टा समय लाग्ने अनुमान गरिएको यस बिशेष कार्यक्रम अहिले जारी छ |

Comments

comments