एजेन्सी । सिरियामा यो महिनाको सुरुमा भएको हमलामा सारिन ग्याँस या सो जस्तै कुनै हानिकारक पदार्थ प्रयोग गरिएको बताइएको छ ।

अर्गनाइजेसन फर दी प्रोबिसन अफ केमिक वेपन्स (ओपिसिडब्लू) ले सिरियामा गराइएको रासायनिक हमलामा सारिन या त्यस्तै कुनै पदार्थको प्रयोग गरिएको दाबी गरेको हो ।

ओपिसिडब्लूका प्रमुख अहमत उजुमुकुले हमलाका १० पीडितको नमूना जाँच गर्दा रासायनिक पदार्थ भेटिएको बताएका छन् ।

राष्ट्रपति बसर अल असद सत्ताको विरोध गरिरहेकाहरुमाथि सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । तर सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।

रासायनिक आक्रमणपछि अमेरिकाले सिरियाली सेनाको हवाई अड्डालाई लक्षित गरी मिसाइल आक्रमण नै गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments