एजेन्सी । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस जाइन्ट बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ ।

पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा पुनरागमन गर्ने प्रयास गरेता पनि सफल हुन सकेन ।

लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारको गोल गर्ने प्रयास गोलमा परिणत हुन सकेन ।

बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments