मेलबर्न । ४५७ भिसाको खारेजीसंगै अष्ट्रेलियाका प्रधानमन्त्री मालकम टर्नबुलले सिटिजनसीप टेस्टमा थप कडाई गरिने बताएका छन् ।

उनले सामाजिक एकता र सुरक्षामा सुदृढ गर्ने उद्देश्यले सिटिजनसीप टेस्ट परिवर्तन गर्न लागिएको प्रष्ट पारेका छन् ।

हाल सिटिजनसीप टेस्टमा अष्ट्रेलियाको राजनीति,संसद, नागरिकका कर्तव्य आदि गरि बीस वटा प्रश्नहरु सोध्ने गरिन्छ ।

यसलाई परिवर्तन गरेर अब आवेदकहरुले अष्ट्रेलियामा गरिरहेको काम, छोराछोरीको स्कूल, जीवनसाथीले अंग्रेजी कक्षा लिए–नलिएको आदि प्रश्नहरु सोधिनेछ ।

स्रोतका अनुसार अब हुने प्रश्नहरु निवेदकले अष्ट्रेलियाको जीवनशैली र सामाजिक मान्यता कतिको अपनाएको छ , भन्ने बारेमा केन्द्रीत हुनेछन् ।

त्यस्तै ४५७ भिसा खारेजीसंगै दक्ष पेशाको संख्या ६५७ बाट २१६ वटा पेशालाई हटाईएको छ । ४५७ भिसाको ठाउँमा दुई बर्षे छोटो अवधिको भिसा र मध्यम अवधिको भिसा ल्याईएको छ । मध्यम अवधिको भिसाले पीआरको सम्भावना राख्छ भने छोटो अवधिको भिसाले पीआरको सम्भावना राख्दैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments