काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । हैदरावादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि केन विलियम्सनले ८९ र शिखर धवनले ७० रनको योगदान गरे । दिल्लीका क्रिस मोरिसले चार विकेट लिए ।

यो जित संगै ६ खेलमा चौथो जित निकालेको हैदरावाद ८ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेलमा दुई खेल मात्रै जितेको दिल्ली चार अंकसहित चौथो स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments