एजेन्सी । बहुप्रतिक्षित फिल्म बाहुबलीको सिक्वेल प्रदर्शनको तयारीमा रहेको छ ।

सन् २०१५ मा प्रदर्शन भएको फिल्म बाहुबलीको सिक्वेल ‘बाहुबलीस् द कनक्लूजन’को नेपाल प्रदर्शनको जिम्मा श्रीराम बालाजी पिक्चर्सले पाएको छ । झन्डै तीन करोड रुपैयामा वितरक सुनिल मानन्धरको कम्पनीले यो फिल्म नेपाल भित्र्याएको हो ।

यस अघि बाहुबली १ करोड ५० लाखमा नेपाल भित्र्याइएको थियो । बाहुबलीस् द कनक्लूजन’ २८ अप्रिलमा प्रदर्शनमा आउनेछ ।

७ भाषामा रिलिज हुने फिल्मलाई एस एस राजामौलीले निर्देशन गरेका हुन् । फिल्ममा प्रभास, राणा दग्गुबत्ति, अनुष्का शेट्टी, तमन्ना भाटिया लगायतका कलाकारको अभिनय रहेको छ ।

Comments

comments