काठमाडौं । स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक संगै बार्यन म्युनिखलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत भएको खेलमा रोनाल्डोले ह्याट्रिक गर्दै रियल मड्रिडलाई ४–२ को जित दिलाए । रियलका लागि अर्को एक गोल मार्को एसेन्सियोले गरेका थिए । रोनाल्डोको यो गोल च्याम्पियन्स लिगमा एक सयौं गोल हो ।

रियल ४–२ ले विजयी भयो र समग्रमा ६–३ को जितसहित अन्तिम चारमा स्थान बनाउन सफल भयो । रियल मड्रिड लगातार सातौं सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments