काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले गुरात लायन्सलाई २१ रनले हराएको छ ।

बैंग्लोरले दिएको २१४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको बैंग्लोरले मात्रै दुई विकेटको क्षतिमा २१३ रन बनायो । बैंग्लोरका लागि क्रिस गेलले ३८ बलमा ७ छक्का र पाँच चौकाको मद्दतमा ७७ तथा कप्तान विराट कोहलीले ५० बलमा सात चौका र एक छक्काको मद्दतमा ६४ रन बनाए ।

बैंग्लोरको ६ खेलमा यो दोस्रो जित हो । चार अंकसहित बैंग्लोर छैटौं स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments