मेलबर्न । अष्ट्रेलियामा नर्सहरुको लागि करियरको राम्रो अवसर छ । पढाइपछि सजिलै रोजगारी पाउनुको साथै यहाँ नर्सको वार्षिक तलब पनि तुलनात्मक रुपमा निकै आकर्षक छ । अष्ट्रेलियाको पीआर अर्थात भीसा पाउन पनि नर्सिङ क्षेत्र उपयुक्त क्षेत्र मानिन्छ । त्यसैले वर्षेनी अष्ट्रेलियामा नर्सिङ अध्ययनका लागि आउने विद्यार्थीहरुको संख्या बढ्दोछ ।

यहाँ नर्सको रोजगारीका लागि आवश्यक केही कुराहरुको चर्चा गरिएको छ :

–भ्याकेन्सी खुलेको पदमा राखिएका मापदण्डमा उमेर उल्लेख गरेको भए , सोहि अनुसार तपाईंको उमेर मिल्नु पर्छ ।

–अंग्रेजीमा राम्रो दक्षता हुनुपर्छ । सुन्ने र बोल्ने सिप राम्रो हुनु आवश्यक छ ।

–तपाईंले अरु देशबाट पढाइ सक्नुभएको भए अष्ट्रेलियाको नियम र मापदण्ड अनुसार सर्टिफिकेट मिल्नुपर्छ ।

–राज्यको नर्सिङ्ग रजिसट्रेसन सेन्टरमा दर्ता भएको हुनुपर्छ । किनभने अष्ट्रेलियन नर्सिङ्ग काउन्सिलले तोकेका योग्यताहरु तपाईंमा भयो भने मात्र तपाईं दर्ता भएर नर्सको रुपमा काम गर्न सक्नुहुन्छ ।

नियम र तोकिएका योग्यताहरु अष्ट्रेलियाको नर्सिङ्ग काउन्सिलले समय समयमा हेरफेर गर्ने गर्छ । त्यसैले अष्ट्रेलियन नर्सिङ्ग एण्ड मिड वेफ्री काउन्सिल तथा इमिग्रेसनको वेबसाइटमा गएर विस्तृत जानकारी लिन सकिन्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments