मेलबर्न । अष्ट्रेलियाको पर्थमा नेपाली मन्दिर निर्माण गर्न शुरु गरिएको आर्थिक संकलन अभियान जारी छ ।

नेपालीहरुको सामूदायिक भवन र त्यहीँ बौद्धनाथ र पशुपतिनाथको मन्दिर बनाउने उद्देश्यले केही वर्ष अघिदेखि यो अभियानको थालनी गरिएको थियो । अभियानकै क्रममा हालै श्रीमद्भागवत कथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५ लाख ८६ हजार डलरभन्दा बढी सहयोगको प्रतिबद्धता आएको छ । पण्डित कमलनयन गौतमले तीन दिनसम्म श्रीमद्भागवत वाचन गर्नुभएको थियो भने कलश यात्राको समेत आयोजना गरिएको थियो । कथा वाचन सुन्न एक हजारभन्दा बढी नेपाली पूजामा सरिक भएको आयोजकले बताएको छ ।
मन्दिर निर्माण अभियानमा एकैपटक धेरै सहयोग जुटेको यो पहिलो पटक हो । भक्तजनहरुबाट २ हजार २ सय ९७ डलर भेटी

नगदै संकलन भएको र ५ लाख ८६ हजार ३ सय ४२ डलर सहयोगको प्रतिबद्धता आएको आयोजकले जनाएका छन् । भागवत वाचनको बेलामा निःशुल्क भोजन समेत उपलब्ध गराइएको थियो ।

Comments

comments