मेलबर्न। अष्ट्रेलिया सरकारले ४५७ अस्थायी कामदार भिसा हटाउने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्रीले फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्रीले काममा अष्ट्रेलियाली नागरिकलाई प्राथमिकता दिने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुभएको छ । उहाँले ४५७ भिसालाई हटाएर नयाँ वर्गको अस्थायी भिसा ल्याईने समेत जनकारी गराउनुभएको छ । त्यस्तै अष्ट्रेलियाली नागरिकहरुको लागि भने सिप वृद्धिको तालिम कार्यक्रम ल्याईनेछ ।

४५७ भिसाको ठाउँमा आउने नयाँ भिसाको लागि मापदण्ड केहि कडा हुनेछ । यस अन्तर्गत कामको राम्रो अनुभव , अंग्रेजी भाषामा राम्रो दक्षता र बजारसंग मिल्दो व्यवसायिक तथा सीपमूलक ज्ञान हुनु पर्नेछ । यसबाट धेरै संख्यामा नेपालीहरु समेत प्रभावित हुने देखिएको छ । ४५७ भिसा अन्तर्गत अष्ट्रेलियाको लागि भिसा आवेदन दिएका एक नेपालीले यो सुचनाले आफू दोधारमा परेको बताए ।

यसै सम्बन्धि राखिएको जिज्ञासामा मेलबर्नमा रहेको टिडब्लुजीजीका प्रिन्सिपल तथा कानूनविद तोनु गोथानेले आवेदन बुझाईसकेकाहरु अब लागू हुने यो नियमबाट प्रभावित नहुने बताउनुभएको छ ।

उहाँका अनुसार यो भिसा मार्फत अष्ट्रेलिया आउन चाहने तर आवेदन नबुझाईसकेका नेपालीहरु यो नियमबाट प्रभावित हुनेछन् ।

अष्ट्रेलियामा हाल ९५ हजार पांच सय ७८ जना ४५७ भिसा अन्तर्गत बस्दै आएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट छन् भने नेपालबाट करिब २,००० जना रहेका छन्।

प्रधानमन्त्रीले यो सुचना जारि गरे संगै अष्ट्रेलियाका राजनीतिक तथा सामाजिक अगुवाहरु यसको पक्ष र विपक्षमा उभिएका छन्। धेरैले यो नियमले अष्ट्रेलियाका नागरिकमा रोजगारी वृद्धि हुनु भनेको सतही विश्लेषण भएको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments